आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५ढ हजारमा आइपुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २२ हजार ५० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने बढेको छ । सोमबार प्रतितोला ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ८ सय ८५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ३ सय ३० रुपैयाँ ५० पैसा तोकिएको छ ।













