आज शुक्रबार सुनको भाउमा भारी वृद्धि भएको छ । बिहिबार प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ हजार ५ रुपैयाँले बढेर प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १९ हजार ९ सय ९५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा एकैपटक १ सय रुपैयाँले बढेर प्रतितोला ३ हजार ९ सय ५ रुपैयाँ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ३ सय ४८ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको चाँदीको भाउ हालसम्मकै उच्च हो ।













