आज सोमबार पनि सुनको भाउ बढेको छ । आइतबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १७ हजार ४ सय २० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ५ सय ३५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ३० रुपैयाँ ५० पैसा तोकिएको छ ।













