आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १६ हजार २ सय २० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ९ सय ९२ रुपैयाँ तोकिएको छ ।













