आज बुधबार पनि सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १३ हजार ३ सय ५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३२ सय २० रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ७ सय ६० रुपैयाँ ५० पैसा तोकिएको छ ।













