आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५२ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १२ हजार ५ सय ३५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला ३२ सय रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ७ सय ४४ रुपैयाँ तोकिएको छ ।













