आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ८ हजार ७५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला ३ हजार १ सय १५ रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ६ सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।













