आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ९ हजार ७ सय ५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ६ सय ८८ रुपैयाँ तोकिएको छ ।













