आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७ हजार ७ सय ३५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार १ सय ५९ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ७ सय रुपैयाँ ५० पैसा तोकिएको छ ।













