आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार २ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५ हजार ५ सय ४ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ५५ रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ६ सय १९ रुपैयाँ तोकिएको छ ।











