आज आइतबार सुनको भाउ घटेको छ । यस अघि कार्तिक ३ गते लक्ष्मी पुजाको दिन प्रतितोला २ लाख ५३ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ११ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा आइपुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७ हजार ३ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २६५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ८५ रुपैयाँ तोकिएको छ ।
गत साता अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घटेको थियो । तर नेपालमा भने लगातार तिहारको सार्वजनिक विदा परेकोले सुनको मूल्य तोकिएको थिएन । आज तिहार विदापछि सुनको मूल्य तय गरिएको हो ।













