Thursday, April 30, 2026
spot_img
spot_img

तिहार र छठमा बससेवाबाट टिकट काट्ने ३० जनाले चाँदीको बिस्कुट पाउने

spot_img
spot_img

अनलाइनबाट बस तथा हवाइ टिकट बुकिङ गर्ने संस्था बससेवाले तिहार र छठ पर्वलाई लक्षित गरी अभियान घोषणा गरेको छ । तिहार र छठ पर्वभर बससेवामार्फत टिकट काट्ने यात्रुहरूमध्ये ३० जनालाई चाँदीको बिस्कुट, दुईजनालाई भिभो कम्पनीको मोबाइल फोन दिन लागेको हो । कम्पनीका अनुसार २९ भदौदेखि १४ कार्तिकसम्म यो अभियान रहन्छ ।

बससेवाले नेपालीको महान चाड दसैंका अवसरमा ‘बस टिकट काट्दा खसी उपहार’ कार्यक्रमअन्तर्गत पाँचजनाले उपहारस्वरुप खसी जितेका छन् । मंगलबार (२८ असोज) मा बससेवाको कार्यालयमा आयोजित ‘लक्की ड्र’मार्फत उनीहरूले उपहार जितेका हुन् ।

बससेवाका डेनिसविक्रम थापाका अनुसार ‘लक्की ड्र’ बससेवाको फेसबुक पेज र टिकटकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । ‘लक्की ड्र’मार्फत टिकट नम्बर ७३६७१७७–B का कमल भट्टराई (काठमाडौं–अर्घखाँची), ७३१४००१–B का लिलाधर भट्टराई ( काठमाडौं–प्यूठान), ७४४७२६३–B का महेश्वर पौडेल (वालिङ–काठमाडौं), ७४०२३५२–B का आश्विन ढकाल (काठमाडौं–पोखरा) र ७२८१०६४–B का नवीन रिजाल (काठमाडौं–बेलहिया)ले खसी जितेका छन् ।

यस्तै, उपहार कार्यक्रमअन्तर्गत नै ५० जना यात्रुले दुई हजार बराबरको लत्ताकपडा किनमेलको कुपन पाएका छन् भने एक सयजनाले फ्रि–टिकट जितेका छन् । विजेताहरूको नाम सूची बससेवा को वेबसाइट, मोबाइल एप र आधिकारिक Facebook Page मा हेर्न सकिने बससेवाले जनाएको छ।

बससेवा मार्फत बस, हवाइ उडान वा होटल रुम—सबै कुरा अब एउटै एपबाट सजिलै बुक गर्न सकिन्छ। बस सेवाका अनुसार हरेक दिन राति १० बजेसम्म ग्राहक सहायता उपलब्ध हुन्छ भने सबै सेवामा क्यासब्याक र प्रोमो कोड जस्ता अफरहरू पनि पाइन्छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् सरकारले सिफारिस गरेका ६ अध्यादेश, दबाबमा रहेका राष्ट्रपति आज छलफल गर्दै

सरकारले राष्ट्रपति समक्ष ६ वटा अध्यादेश जारी गर्नको लागि...

हिमालयन पावर पार्टनरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

हिमालयन पावर पार्टनर लिमिटेडले आज वैशाख १७ गतेदेखि हकप्रद...

सोपान फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँड हुँदै

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

माउण्ट एभरेष्ट पावरको पहिलो चरणको आईपीओ आजदेखि

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आज वैशाख १७ गतेदेखि...

नेपालमा नयाँ सुरुवात, सरकारी कर्मचारीले १६ गते नै पाए १५ गतेसम्म काम गरेको तलव

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको...

मालपोत कार्यालयको दैनिक अनुगमन मन्त्रीको कार्यकक्षबाटै

देशभरका मालपोत कार्यालयबाट प्रवाह हुने सेवाको अवस्थाबारे मन्त्रालयले दैनिक...
spot_img