Wednesday, August 12, 2026
spot_img

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

spot_img

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक पहल गर्न नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ ।

भारतीय चिया बोर्डले गत मे १ देखि लागु गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिज’ (एसओपी) र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यवहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा उत्पन्न भएको गम्भीर अवरोध र यसले समग्र चिया उद्योग क्षेत्रमा परेको समस्या समाधानको लागि पहल गर्न महासंघले सरकारलाई आग्रह गरेको हो ।

नेपालको चिया क्षेत्र कृषि, उद्योग, निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्वपूर्ण र रणनीतिक क्षेत्रको रूपमा स्थापित रहेको भन्दै महासंघले नेपाल चिया उत्पादक संघबाट प्राप्त पछिल्लो वस्तुस्थिति र मागहरूलाई मध्यनजर गर्दै चिया क्षेत्रको रक्षाका लागि तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकार र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गरेको हो ।

नेपालको चिया क्षेत्र राष्ट्रिय अर्थतन्त्र र ग्रामीण रोजगारीको एक बलियो खम्बा भएको यस क्षेत्रले वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारत तर्फ निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरणमा महत्त्वपूर्ण योगदान दिँदै आएको महासंघले स्मरण गराएको छ । ६० हजारभन्दा बढी कर्मचारी तथा मजदुरहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको र राज्यलाई वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व बुझाउने यो क्षेत्र हाल छिमेकी मुलुकको अव्यवहारिक नीतिगत परिवर्तनका कारण बन्द हुने अवस्थामा पुगेको महासंघको भनाइ छ ।

‘छिमेकी देशले लागू गरेको नयाँ मापदण्ड अन्तर्गत झन्झटिलो गुणस्तर परीक्षण, रिपोर्ट आउन लाग्ने २० देखि २५ दिनको लामो अवधि, अनिवार्य गोदाम शुल्क र रिपोर्ट कमजोर आएमा चिया नै नष्ट गर्नुपर्ने जस्ता अव्यवहारिक नियमहरूका कारण निर्यात ठप्प भएको छ’ महासंघले भनेको छ, ‘चिया निर्यात हुन नसक्दा उद्योगहरूको नगद प्रवाह रोकिएको छ, जसका कारण उद्योगहरूले किसानलाई हरियो पत्तीको भुक्तानी गर्न, मजदुरको पारिश्रमिक दिन र राज्यलाई कर तथा विद्युत महशुल बुझाउन समेत असमर्थ भएका छन् ।’

साथै नेपाली वस्तुहरुको निर्यातमा आउने गुणस्तरसँग सम्बन्धित अवरोधहरु हटाउन नेपालमा ल्याब स्थापना गर्न आवश्यक रहेको भन्दै महासंघले नेपाली वस्तुहरुको निर्यातको गुणस्तरमा देखिने समस्याहरुको दीर्घकालिन समाधानको लागि यस्तो ल्याब स्थापनाका लागि पुनः आग्रह गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, मूल्य ६ लाख ८४ हजार

वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा...

नेप्सेमा सर्वोत्तम पेन्ट्सको शेयर सूचीकृत, SAPIL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको शेयर...

इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा गोर्खाज फाइनान्स, ईपीएस २५.२८ रुपैयाँ

गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

१२९ प्रतिशतले बढ्यो बिन्ध्यवासिनी हाइड्रोको नाफा, विद्युत बिक्रीबाट ४५.५६ करोड आम्दानी

बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो...

डेढ अर्ब नाघ्यो मुक्तिनाथ विकास बैंकको खुदनाफा, ईपीएस १८.९८ रुपैयाँ

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...
spot_img