Wednesday, August 12, 2026
spot_img

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

spot_img

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण र अर्थतन्त्रका समसामयिक विषय माथिको छलफलमा व्यवसायी तथा उद्योगीहरूले लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो रहेको औंल्याएका छन् ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन लगानीकर्ताको मनोबल बढाउने वातावरण आवश्यक रहेको बताएका छन् । उनले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले सकारात्मक संकेत दिएपनि यसको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको धारणा राखे ।

अध्यक्ष अग्रवालले सम्पत्ति शुद्धीकरणसम्बन्धी विद्यमान कानुनी व्यवस्थाले व्यवसायीहरूमा अनावश्यक त्रास सिर्जना गरेको उल्लेख गर्दै नीतिगत स्थिरता र लगानी सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिए । ‘२०६४ सालमा सम्पत्ति शुद्धिकरण ऐन लागू हुनु पूर्व सदियौं देखि वैधानिक तवरले उद्योग, व्यापार कृषि एवं पुख्यौली हस्तान्तरणबाट आर्जित सम्पत्तिको कुनै प्रमाणित आधार (अभिलेख) राज्य संयंत्रबाट कहिल्यै हुन सकेन’ उनले भने ।

सागै, उनले सार्वजनिक सवारीसाधन दर्ता रोक्कासम्बन्धी निर्णयले अटोमोबाइल क्षेत्र प्रभावित भएको भन्दै पूर्वसूचना र परामर्श बिना नीति परिवर्तन नगर्न सरकारलाई आग्रह गरे । उनले शेयर बजार सुधार, सिंगल आईएसआईएन प्रणाली लागू, कर प्रणाली सुधार, पूँजीगत खर्च वृद्धि तथा नियामक निकायबीच समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याए । साथै वित्तीय र मौद्रिक नीतिबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नन–नार्कोटिक गाँजाको खेतीलाई वैधानिकता दिनुपर्ने आवश्यकता औंल्याए । उनले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिए पनि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने व्यवस्था उपयुक्त नभएको बताए । नागरिकता जारी गर्दा प्यान कार्ड अनिवार्य गर्नुपर्ने सुझाव दिँदै उनले प्राकृतिक स्रोत–साधनको समुचित उपयोग गर्न सक्ने वातावरण निर्माण गर्ने नीति सरकारले अवलम्बन गर्नुपर्ने धारणा राखे ।

चेम्बर अफ कमर्सका सल्लाहकार परिषद्का अध्यक्ष तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको सम्मान नहुने मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए । ट्राफिक व्यवस्थापन, करसम्बन्धी प्रावधान तथा अन्य प्रशासनिक जटिलताका कारण व्यवसाय क्षेत्र समस्यामा रहेको उनको भनाइ थियो ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले सम्पत्ति शुद्धीकरण निवारण ऐन र संगठित अपराधसम्बन्धी कानुनी व्यवस्थाले व्यवसायी तथा लगानीकर्तामाझ त्रासको वातावरण सिर्जना गरेको बताए । लगानीकर्तामैत्री वातावरण अझै बन्न नसकेको उल्लेख गर्दै उनँले यसतर्फ सरकारले विशेष ध्यान दिन आवश्यक रहेको धारणा राखे ।

चेम्बरका पूर्वअध्यक्ष सुरेश कुमार बस्नेतले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था, घरजग्गा तथा पैतृक सम्पत्तिको कारोबारमा समेत अधिक कर लगाउनु उपयुक्त नभएको बताए ।

कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले एमआरपी प्रणाली, धितोपत्र बजार, कर प्रशासन, बैंक कर्जा, सम्पत्त शुद्धीकरणसम्बन्धी कानुन, नीतिगत व्यवस्था तथा व्यावसायिक वातावरणमा देखिएका विविध अवरोधबारे आफ्ना धारणा राखेका थिए ।

निजी क्षेत्रमैत्री नीति र आर्थिक सुधारमार्फत अर्थतन्त्रलाई गति दिने सरकारको लक्ष्य: अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्दै आर्थिक सुधारलाई तीव्रता दिने रणनीति अवलम्बन गरेको बताएका छन् । उनले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाइने बताए ।

अर्थमन्त्री वाग्लेले विगतका नीतिगत तथा प्रशासनिक जटिलताका कारण व्यवसायमा देखिएका समस्या समाधान गर्दै उद्यमी–व्यवसायीलाई पुनः सक्रिय बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले कर प्रणालीलाई व्यवस्थित बनाउने, डिजिटल प्रणाली विस्तार गर्ने तथा लगानीमैत्री नीतिहरूलाई प्राथमिकता दिइएको उल्लेख गरे ।

उनले १० लाख रुपैयाँसम्मको आयमा कर छुट, विद्युत् क्षेत्रमा करसम्बन्धी व्यवस्थालाई अन्तिम उपभोक्तामैत्री बनाउने प्रयास तथा सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत शिक्षा र पोषणमा लक्षित कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । सरकार पारदर्शी र बिचौलियारहित प्रणाली निर्माणतर्फ अघि बढिरहेको पनि उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रबाट उठाइएका समस्या तथा सुझावप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले यथासम्भव समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

FDI मा नयाँ आयाम: एनआरएन फण्डलाई आइपीओको बाटो खुल्यो, ५० अर्ब भित्र्याउने लक्ष्य

गैरआवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड...

अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, मूल्य ६ लाख ८४ हजार

वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा...

नेप्सेमा सर्वोत्तम पेन्ट्सको शेयर सूचीकृत, SAPIL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको शेयर...

इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा गोर्खाज फाइनान्स, ईपीएस २५.२८ रुपैयाँ

गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

१२९ प्रतिशतले बढ्यो बिन्ध्यवासिनी हाइड्रोको नाफा, विद्युत बिक्रीबाट ४५.५६ करोड आम्दानी

बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img