Thursday, April 30, 2026
spot_img
spot_img

तिहारमा फूल र माला बेच्न काठमाडौँ महानगरले तोक्यो ३२ ठाउँ, स्वदेशी नै प्रयोग गर्न आग्रह

spot_img
spot_img

काठमाडौँ महानगरपालिकाले नेपालीहरूको महान् चाड तिहार (दीपावली) को अवसरमा नेपाली किसानले उत्पादन गरेका फूलमालाको बिक्री–वितरणलाई प्रोत्साहन गर्न ३२ स्थान तोकेको छ। यो अभियानको उद्देश्य आयातित र प्लास्टिकजन्य फूलमालाको प्रयोगलाई पूर्ण रूपमा निषेध गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु हो। महानगरपालिकाले विगत तीन वर्षदेखि तिहारको समयमा स्वदेशी फूलको प्रवर्धनका लागि बिक्री स्थल व्यवस्थापन गर्दै आएको छ।

महानगर प्रमुख बालेन्द्र शाहले भने , “हामी विगत तीन वर्षदेखि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित वस्तुको निरुत्साहन गर्न निरन्तर लागि परेका छौँ। हामी निर्वाचित भएदेखि नै प्लास्टिकजन्य फूलमालाको बिक्री–वितरणमा रोक लगाएका थियौँ। यस तिहारमा पनि काठमाडौँ महानगरपालिकाले कार्तिक १ गतेदेखि ३२ स्थानमा स्वदेशी फूलमाला बिक्री–वितरणका लागि स्थल व्यवस्था गरेको छ। हाम्रो उद्देश्य आयातित र प्लास्टिकजन्य फूलमालालाई पूर्ण रूपमा निषेध गर्दै नेपाली किसानले उत्पादन गरेका फूलहरूलाई प्रोत्साहन र प्राथमिकता दिनु हो।”

अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि किसानलाई बजारमा सहज पहुँच प्रदान गर्न, ढुवानीमा सहयोग गर्न र अवैध माला बिक्री गर्नेहरूमाथि कारबाही गर्न तयारी गरिएको छ। नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको सहकार्यमा कोल्ड स्टोर र बजार क्षेत्रको अनुगमन पनि गरिनेछ। “हाम्रो चाहना वास्तविक किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गरून् र उपभोक्ताले स्वदेशी फूलमै गर्व महसुस गरून्,” प्रमुख शाहले बताए।

नेपाल अहिले सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको छ। त्यसैले, यस तिहारमा स्वदेशी फूलको प्रयोग गर्न उनले आह्वान गरे। “आफ्नो संस्कृति, नेपालमै फुलेका फूल हाम्रो पहिचान हो, यही हाम्रो सम्मान हो,” उनको भनाइ छ।

प्रमुख शाहले सबै व्यापारीलाई स्वदेशी फूलमाला मात्र प्रयोग र बिक्री गर्न आग्रह गर्दै भने , “वास्तविक किसानले डोकोमा फूल ल्याए पनि हामीले तोकिएका केन्द्रमा पुगेर बिक्री गर्न सहजीकरण गर्नेछौँ। आवश्यक परे ढुवानीमा समेत महानगरले सहयोग गर्नेछ। हाम्रो चाहना किसानले उत्पादनको उचित मूल्य पाउनु हो।”

यस्तै महानगर प्रहरी प्रमुख पाण्डेका अनुसार, किसानहरूले कार्तिक १ गतेदेखि तोकिएका स्थानमा फूलमाला बिक्री–वितरण गर्न सक्नेछन्। कुनै समस्या परे महानगर प्रहरीमार्फत सहज समन्वय गरिनेछ।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं कृषि, वन र जडीबुटी समितिका सभापति कृष्णमान श्रेष्ठले महानगरको यो निर्णयले नेपाली किसान र उपभोक्ता दुवैलाई खुशी बनाउने विश्वास व्यक्त गरे । “आयातित र प्लास्टिकजन्य फूलको बहिष्कार गर्दै स्वदेशी फूललाई प्राथमिकता दिनु सकारात्मक काम हो। यसले विचौलियाको प्रभाव घटाउँछ र किसानको आम्दानीमा प्रत्यक्ष फाइदा पुग्छ,” उनले भने। उनले उपभोक्तालाई कोल्ड स्टोरमा राखिएका गन्धयुक्त माला प्रयोग नगर्न र आयातित मालाबाट स्वदेशी माला छुट्याउन सजग रहन आग्रह गरे ।

श्रेष्ठका अनुसार, आयातित माला प्रायः एकनासे साइजका, एकरूप धागोमा बनेका र विषादी प्रयोग गरिएका हुन्छन्, जबकि स्वदेशी माला साना–ठूला आकारका र प्राकृतिक रूपमा ओइलाउँदै गएका हुन सक्छन्।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले भने , “काठमाडौँ महानगरले विगत तीन वर्षदेखि आयातित र प्लास्टिकजन्य फूलमालामा प्रतिबन्ध लगाउने अभियान निरन्तर चलाउँदै आएको छ, र यसलाई सफल बनाउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ।” उनले पुष्प व्यवसायीहरूलाई कुनै पनि कोल्ड स्टोरमा फूलमाला भण्डारण नगर्न र स्वदेशी फूलको प्रवर्धन गर्न आह्वान गरे ।

एसोसिएसनका महासचिव हिरामणि शर्माले भारतलगायत अन्य देशबाट सयपत्री फूल वैधानिक रूपमा नेपाल भित्रिन नसकेको स्पष्ट पारे। “नेपाल सरकारले तोकेको मापदण्डअनुसार मात्र फूल आयात गर्न पाइन्छ। सयपत्रीबाट १६ किसिमका रोग फैलन नदिने मापदण्ड छ, तर अहिले कसैले त्यो मापदण्ड पूरा गरेर फूल ल्याउन सकेका छैनन्। त्यसैले अवैध रूपमा आउने फूल रोक्न महानगर र हामी सक्रिय छौँ,” उनले भने।

शर्माले थप्नु भने , “सयपत्री फूल उत्पादनमा नेपाल लगभग आत्मनिर्भर भइसकेको छ। तिहारको पाँच दिनमा करिब ४० लाख माला खपत हुन्छ, जसमध्ये ३५ लाख माला हामी आन्तरिक उत्पादनबाट आपूर्ति गर्न सक्छौँ। बाँकी ५ लाख माला गाउँघरमा उत्पादन हुने ठाउँबाट आपूर्ति गर्न सकिन्छ। अब बाहिरबाट आयातको आवश्यकता छैन।” मखमली फूलमा नेपाल पूर्ण रूपमा आत्मनिर्भर रहेको र करिब २ लाख मखमली माला निर्यात गर्न सकिने उनको भनाइ छ।

मूल्यको हिसाबले सयपत्री मालाको मूल्य करिब १३० रुपैयाँ र मखमली मालाको मूल्य ६०/६५ रुपैयाँसम्म पर्ने अनुमान छ। सोभन्दा बढी मूल्यमा बिक्री भएमा महानगरले अनुगमन गर्ने बताइएको छ।

फूलमाला बिक्री–वितरणका लागि काठमाडौँ महानगरपालिकाले तोकेका ३२ स्थानहरू निम्न छन्:
१. एन.भी. सेन्टर – नयाँ बानेश्वर
२.. बिग मार्ट – शंखमूल
३ आइ प्लेक्स मल – नयाँ बानेश्वर
४. सेल्सबेरी – मध्यबानेश्वर
५.. फोनेक्स टावर – बत्तीसपुतली
६. तिनकुने चौर – तिनकुने
७. सिफल चौर – सिफल
८. एसी कम्प्लेक्स – चाबहिल
९. चाबहिल गणेशस्थान तरकारी बजार – चाबहिल
१०. के.एल. टावर पूर्व – चाबहिल
११. चाबहिल सेन्टर अगाडि – चाबहिल
१२. धर्म चक्र पार्क – स्वयम्भू
१३. कालिमाटी ब्याङ्क्वेट – कालिमाटी
१४. द्यौखेल – कालिमाटी
१५. भाटभटेनी – कलङ्की
१६. भ्याली कोल्ड स्टोर – नयाँ बजार
१७. बुद्ध महल – माछापोखरी
१८. गुणस्तर खाल्डो – माछापोखरी
१९. वडा ५ अगाडिको डबली – हाँडीगाउँ
२०. गणेश मन्दिर डबली – हाँडीगाउँ
२१. कोइराला स्मार्ट – सामाखुशी, वडा २६
२२. सेल्सबेरी – महाराजगञ्ज
२३. बिग मार्ट – गङ्गबु
२४. बिग मार्ट – चपलकारखाना
२५. बिग मार्ट – बालुवाटार
२६. आइटी भवन – कमलादी, वडा २८
२७. स्टार मल – पुतलीसडक, वडा २८
२८. भाटभटेनी – अनामनगर, वडा ९
२९. टेवाल मन्दिर – सुन्धारा
३०. काठमाडौँ महल – सुन्धारा
३१. वडा कार्यालय निर्माण स्थल – अद्धेतमार्ग, वडा २८
३२. बजरा कम्प्लेक्स (न्यू प्लाजा) – गुडमार्ट

काठमाडौँ महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूलको सम्मान, मूल्य र बजार सुनिश्चित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने आफ्नो अभियानलाई यस तिहारमा पनि निरन्तरता दिने भएको छ। सहजिकरणको लागि महानगर प्रहरी बलको सम्पर्क नं ०१-५९०१७८३ ०१-५६०१७४ मोवाइल नं ९८५१३५६५०९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५६.६२ प्रतिशत हकप्रद निकाल्न खोजेको दोर्दी खोलालाई २८.८० प्रतिशतको मात्रै स्वीकृति

विद्युत नियमन आयोगले अनुपात घटाएर दोर्दी खोला जलविद्युत कम्पनीलाई...

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, ३ लाख ४७ हजार ४ सय ९० जनाले पाए शेयर

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

यी हुन् सरकारले सिफारिस गरेका ६ अध्यादेश, दबाबमा रहेका राष्ट्रपति आज छलफल गर्दै

सरकारले राष्ट्रपति समक्ष ६ वटा अध्यादेश जारी गर्नको लागि...

हिमालयन पावर पार्टनरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

हिमालयन पावर पार्टनर लिमिटेडले आज वैशाख १७ गतेदेखि हकप्रद...

सोपान फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँड हुँदै

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

माउण्ट एभरेष्ट पावरको पहिलो चरणको आईपीओ आजदेखि

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आज वैशाख १७ गतेदेखि...
spot_img