सीजीले यस वर्षको चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउन CG तथा CG Meridia Signature Series अन्तर्गत साना घरायसी उपकरण (Small Domestic Appliances – SDA) मा विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ।
“भित्र्याऔँ खुशी र समृद्धि #LevelUpWithCG” भन्ने नारासहित ल्याइएको यस योजना अन्तर्गत Vietnam Trip र Hero Splendor+ मोटरसाइकल जित्ने मौका प्राप्त हुनेछ । बम्पर उपहारको बिजेता भने भने योजनाको अन्तिममा लक्की ड्रमार्फत सार्वजनिक गरिनेछ ।
योजना अवधिभर प्रत्येक १५ दिनमा आयोजना हुने लक्की ड्रमा थुप्रै ग्राहकहरूले आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन् ।
सहभागिता प्रक्रिया
यस योजनामा सहभागी हुन ग्राहकहरूले CG Meridia Signature Series अन्तर्गत साना घरायसी उपकरण खरिद गरी उत्पादनमा रहेको QR कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ । यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन् ।
भदौ २० गतेदेखि देशभरिका CG Digital आउटलेटहरू र आधिकारिक च्यानल पार्टनरहरू मार्फत सञ्चालनमा आएको छ ।













