Thursday, June 18, 2026
spot_img

सुरु भयो दशैँ, आज जमरा राख्ने दिन

spot_img
spot_img
 प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैँ आजदेखि प्रारम्भ भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ ।
बडा दशैको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसँै घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ ।  यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।
आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।
आज घटस्थापनाको साइत बिहान ०९ः१३ बजे रहेको छ ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...
spot_img