राष्ट्र बैंकले आउँदो दशैँका लागि भदौ २९ गतेबाट सुकिला नोट सटहीको व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले दशैँका लागि सुकिला नोट सटहीको व्यवस्था गरिएको जानकारी दिएको हो।
गत वर्ष पनि बैंकहरूले सुकिला नोट नै साटेका थिए ।
दशैँका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ ।
बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयले पनि सर्वसाधारणलाई नोट सटही सुविधा उपलब्ध गराउने छन् ।













