Monday, September 7, 2026
spot_img

सकियो समानुपातिकको मतगणना, कुन पार्टीले कति सिट पाउँछ ?

spot_img

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको पनि मतगणना सम्पन्न भएको छ। पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।

मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उनको भनाइ छ।

समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट संख्या निर्धारणको गृहकार्य पनि सुरू भएको छ। केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ।

मतगणनाको विवरण अनुसार समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै सिट पाउने देखिएको छ। समानुपातिकमा रास्वपाले ५७ सिट पाउने देखिएको छ। रास्वपाले प्रत्यक्षमा १२५ सिट जितेकोले समानुपातिकको ५७ सिट जोड्दा उसको सिट संख्या जोड्दा १८२ हुने देखिएको छ। जुन दुई तिहाई बहुमत भन्दा २ सिट कम हो । दुई तिहाई बहुमतको लागि १८४ सिट चाहिन्थ्यो।

त्यस्तै प्रत्यक्षमा १८ सिट जितेको नेपाली काँग्रेसले समानुपातिकमा २० गरि कुल ३८ सिट पाउने देखिएको छ। प्रत्यक्षमा ९ सिट जितेको एमालेले समानुपातिकमा १६ गरि कुल २५ सिट पाउने देखिएको छ।

त्यस्तै प्रत्यक्षमा ७ सिट जितेको नेकपाले समानुपातिकमा ९ सिट गरि  कुल १६ सिट पाउने देखिएको छ। प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ गरि कुल ७ सिट जित्ने देखिएको छ। त्यस्तै प्रत्यक्षमा १ सिट जितेको राप्रपाले समानुपातिकमा ४ गरि कुल ५ सिट पाउने देखिएको छ। यी बाहेक अरु पार्टीले भने समानुपातिकबाट सिट पाउने छैनन् ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फको धनुषा १ को मतपरिणाम भने आधिकारिक रुपमा घोषणा गरेको छैन । त्यहाँ रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज गरिएको थियो, तर सो विरुद्द अदालतमा रिट पुगेको छ। यो विषय अदालतमा प्रवेश गरेपछि त्यहाँको अन्तिम परिणाम आयोगले होल्ड गरेको छ। यो मुद्दा हाल अदालतमा विचाराधीन छ । त्यहाँ रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज गर्ने निर्णयलाई अदालतले सदर गरेमा त्यहाँ नेकपाका उम्मेदवार विजयी हुने छन् । यदी अदालतले उम्मेदवारी खारेजको निर्णय बदर गरेमा भने त्यहाँको नतिजा रास्वपा कै पक्षमा जाने देखिन्छ। किनभने उम्मेदवारी बदर भएपनि रास्वपाका उम्मेदवारले त्यहाँ सर्वाधिक मत पाएका छन् ।

यद्यपि समानुपातिकको अन्तिम सिट निर्धारण भने निर्वाचन आयोगले गर्ने छ। त्यसपछि  निर्वाचन आयोगले समबन्धित दलसंग समानुपातिकको क्लस्टरको आधारमा पार्टीसंग नाम माग गर्ने छ। पार्टीहरुले समानुपातिक सूचीबाट दिएका नाम मिले नमिलेको आयोगले यकिन गर्ने छ। समानुपातिकतर्फ विजयी हुने सबै सांसदको नाम यकिन भएपछि निर्वाचन आयोगले राष्ट्रपतिलाई अन्तिम निर्वाचन मतपरिणाम बुझाउने छ।

त्यसपछि बल्ल नयाँ प्रधानमन्त्री नियुक्त भएर नयाँ सरकार गठन हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...

बाढीका कारण ४०० मेगावट बिजुली प्रणालीबाहिर, हिउँदमा लोडसेडिङको जोखिम कति ?

भदौ १० गतेको भोटेकोशी बाढीले सञ्चालनमा रहेका २६१.१ मेगावाट...

सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग

सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशकोे भोटेकोशी नदीमा मिति...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनको भाउ घटेको छ। आइतबार प्रतितोला...

सोनापुर मिनरल्सको पौने २ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख...

नबिल बैंकको लाभांश घोषणा

नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...