काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनी २४ हजार ५ सय ९२ मत सहित विजयी भएका हुन् । उनी लगातार दोस्रो पटक यहि क्षेत्रबाट निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमिले ३ हजार २ सय १७ मत पाए भने नेपाली कांग्रेसकी उम्मेदवार सपना राज भण्डारीले २ हजार ८ सय ३५ मत ल्याइन्।
यस क्षेत्रमा नेकपा एमालेका राजेश शाक्यले एक हजार ९ सय ९ पाउँदा राप्रपाका उम्मेदवार नवीन शाहीले १ हजार ९ सय ९ मत पाएका छन्।









