Wednesday, July 22, 2026
spot_img

विद्युत प्राधिकरणले असार कै खपतमा लिन थाल्यो भ्याट

spot_img

नेपाल विद्युत प्राधिकरणले असार नै खपतमा पनि भ्याट लिन थालेको छ। चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिट भन्दा बढीको विद्युत खपतमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेका थिए।

बजेटले भ्याट लगाउने व्यवस्था गरेपछि प्राधिकरणले साउन १ देखि ४ गतेसम्म सम्पूर्ण बिलिङ काउन्टर बन्द गरेर भ्याट सहित प्रणाली विकास गरेको थियो। विकसित नयाँ प्रणाली साउन ५ गतेबाट कार्यान्वयनमा आएको छ ।

तर सो प्रणालीले असार कै बिलमा पनि भ्याट लिन थालेको छ। भ्याटको नियम नयाँ आर्थिक वर्षको बिलबाट सुरु हुनु पर्ने भएपछि प्राधिकरणले भने असार कै बिलमा पनि भ्याट लिएको हो । साउनमा बिल काटिएकोले बजेटको व्यवस्था अनुसार नै भ्याट समावेश गरेर शुल्क निर्धारण गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार यस विषयमा आन्तरिक राजश्व विभागसँग पनि छलफल भएको थियो। छलफलको क्रममा प्राधिकरणले भदौबाट भ्याट सहितको बिल जारी गर्नु पर्ने हो कि साउनबाट नै हो भन्दै विभागलाई सोधेको थियो। विभागले साउनबाट नै बिल जारी गर्नु पर्ने व्यवस्था रहेको भनेपछि सोहि अनुसार प्राधिकरणले प्रणाली अपडेट गरेर साउनमा जारी हुने बिलमा भ्याट सहित लिन लागिएको प्रवक्ता ढकालले बिजनेशपानालाई जानकारी दिए। प्रवक्ता ढकालका अनुसार उपभोक्ताले कुल १२ महिनाको महशुल तिर्ने र अहिलेको भ्याट सहितको बिल हुँदा पनि वर्षमा १२ महिना कै महशुल तिरिने भएकोले यसले उपभोक्तालाई कुनै असर नगर्ने बताए।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर हट्यो

सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण...

लगानी बोर्डको सीईओका लागि ८ जनाको नाम ‘सर्टलिस्ट’ (सूचीसहित)

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ८ जना...

NAS-IT Expo हुँदै, यस्ता छन् आकर्षण

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT)...

बुद्धभूमी हाइड्रोद्वारा सिन्धुज्वालामा ५१ प्रतिशत शेयर लगानी, ६४ मेगावाटको आयोजना बनाउने

बुद्धभूमी नेपाल हाईड्रो पावर कम्पनीले सिन्धुज्वाला हाईड्रोपावर लिमिटेडको ५१...

मन्त्रिपरिषदको बैठक बस्दै

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । उनले...
spot_img