Saturday, March 7, 2026
spot_img

चुनावले कति बढायो इन्टरनेट खपत ?

spot_img
spot_img

अहिले देशभरी नै निर्वाचनको मतपरिणामबारे कौतुहलता छ । दलका कार्यकर्ता मात्रै होइन, आम सर्वसाधारण पनि कुन दलले कहाँ जित्दैछन् भनेर चासोका साथ हेरिरहेका छन् ।

अहिले इन्टरनेटको पहुँच बढेको कारण सर्वसाधारणहरु सामाजिक सञ्जालबाटै मत ‘अपडेट’ लिइरहेका छन् । दलका कार्यकर्ताले पनि सामाजिक सञ्जालबाटै अपडेट दिइरहेका छन् ।

मिडियाहरुले पनि सामाजिक सञ्जाल पेजहरुमार्फत निर्वाचनको मतगणनाबारे जानकारी उपलब्ध गराइरहेका छन् ।

अहिले देशब्यापी रुपमा इन्टरनेटबाट चुनावी अपडेट लिने र दिने काम भइरहे पनि इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको खासै खपत नबढेको बताएका छन् । इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानका अध्यक्ष सुधिर पराजुलीका अनुसार अहिले सामाजिक सञ्जाल मात्रै बढी चलेकाले खासै इन्टरनेटको खपत बढेको छैन ।

‘सोसियल मिडियाको प्रयोग बढेको हुनाले यसमा लोकल सर्भर यूज हुने हो’ उनी भन्छन्, ‘यसकारण इन्टरनेटको खपत खासै बढेको छैन, नर्मल नै छ ।’

फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरु चलाउँदा लोकल ब्याण्डविथ प्रयोग हुने भएकाले सामाजिक सञ्जालको प्रयोग बढ्दैमा इन्टरनेटको खपत नबढ्ने जानकारहरु बताउँछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चितवन २ मा रवि लामिछाने विजयी

प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

‘रेड जोन’मा रहेका एमालेका शीर्ष नेताहरु

प्रतिनिधिसभा सदस्यको निर्वाचन पश्चात अहिले धमाधम प्रारम्भिक मतपरिणाम आइरहेको...

नेकपाले खोल्यो खाता, रुकुम पूर्वमा प्रचण्ड विजयी

रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका...

काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश

अदालतले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।...

झापा ५ : बालेनको १० हजार भोट कट्दा ओलीको ३ हजार पनि पुगेन

झापा ५ मा बालेन शाहले आफ्नो अग्रता झन् बढाउदै...
spot_img