प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौँ १ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु दर्शना विजयी भएकी छिन्।
रन्जुले १५ हजार ४ सय ५५ भोट ल्याएकी छिन्, दोस्रो भएका कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३ सय ६४ मत पाए भने तेस्रो भएका रविन्द्र मिश्रले ३ हजार ९ सय ६२ भोट पाए ।
यस क्षेत्रमा नेपालको राइड सेयरिङ प्लेटफर्म पठायो नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यातले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्रिभुज चिन्हबाट चुनाव लडेका उनले ५० मत पाएका छन् ।
यस क्षेत्रमा नेपाल जनसेवा पार्टीका अर्जुन बहादुर शाहीले एक भोट पनि ल्याएनन् । त्यस्तै संगीत बम, शान्ति श्रेष्ठ र राजु भुजेलले समान १-१ मत पाएका छन् । उनीहरु तिनै जना स्वतन्त्र उम्मेदवार थिए। त्यस्तै यस क्षेत्रमा ४ जना उम्मेदवारले समान २ भोट पाएका छन् ।












