Thursday, March 5, 2026
spot_img

प्रत्यक्षतर्फको ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न

spot_img
spot_img

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको साप्ताहिक पत्रकार सम्मेलनमा आज दिइएको जानकारीअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने जम्मा दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने छ ।

छपाइ भएको मतपत्रको सात हजार १३४ बाकस प्याकिङ भइसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बू, खोटाङ, धनकुटा, बागलुङ र गुल्मी गरी जम्मा ३२ जिल्लाको छपाइ तथा प्याकिङ्ग सम्पन्न भइसकेको उनले बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरुमा पठाइ सकिएको आयोगले जनाएको छ ।

गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वतयारीअन्तर्गत डिजिटल प्लेटफर्म टिकटकसँग सहकार्यका लागि हस्ताक्षर सम्पन्न गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कटारीमा सुरक्षाकर्मीले बोकेको गोली पड्किँदा मतपेटिकामा क्षति

उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मत खसिसकेको...

प्रधानमन्त्रीले गरिन् मतदान

प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । काठमाडौँको धापासीस्थित निमावि,...

संविधान जारी भएपछिको तेस्रो आम चुनाव आज, जेन्-जी विद्रोहपछि नयाँ जनमतको खोजी

संविधान जारी भएपछिको तेस्रो आम निर्वाचन आज हुँदैछ ।...

सुन खोज्ने कम्पनीले अवैध गतिविधि गरेको भन्दै विभागले दियो अनुमति रद्दको चेतावनी

खानी तथा भूगर्भ विभागले सुन खोजतलास गर्ने अनुमति लिएका...

मतगणना प्रारम्भ भएको २४ घण्टाभित्र नतिजा आउँछः आयोग

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मतगणना...

चुनावका लागि ८ लाखले छोडे काठमाडौँ, बुधबार रातीबाट बस नचल्ने

बिहिबार हुने निर्वाचनका लागि काठमाडौँबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य...
spot_img