नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले बुधबार र बिहिबारका लागि दुइ वटा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहा उडान रद्द गरेको हो ।
बुधबार सूचना प्रकाशित गरी नेपाल एयरलाइन्सले दुई गन्तव्यमा निर्धारित उडानहरू रद्द गरेको जनाएको हो ।
कम्पनीले आगामी दिनको उडान सम्बन्धमा आधिकारिक सूचना वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल आउन यात्रुहरुलाई जानकारी गराएको छ ।












