Tuesday, August 4, 2026
spot_img

९ महिनामै भित्रियो १६ खर्ब ५९ अर्ब रेमिट्यान्स, चैतमै आयो २०९ अर्ब

spot_img

नेपाल भित्रिने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को ९ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई रु.१६५९ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेको थियो ।

२०८२ चैत महिनामा विप्रेषण आप्रवाह रु.२०९ अर्ब ७५ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१३९ अर्ब ५४ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१८२० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१३०३ अर्ब १२ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २,९४,१८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २,९३,२५९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३,५८,२२२ र २,४९,६५२ रहेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र...

शेयरबजार सुधार योजना कार्यान्वयनका लागि समन्वय समिति गठन

नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका...

बीमा क्षेत्रमा NFRS 17 कार्यान्वयनबारे लेखामान बोर्ड र बीमा प्राधिकरणबीच छलफल 

नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल...

थपिँदै ‘मेची क्राउन’को प्रतिस्पर्धी, होटल इस्टर्नले खोस्ला बिजनेश ?

झापास्थित होटल ‘मेची क्राउन’ले अहिले त्यस क्षेत्रमा आफ्नो दबदबा...

समस्याग्रस्त सहकारीका थप ३४१ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका...

‘एक महिनाका लागि पुग्ने ग्यास छ भने लाइन नबसिदिनु’

एलपी ग्यास उद्योग संघले एक महिनाका लागि पुग्ने ग्यास...
spot_img