Tuesday, August 4, 2026
spot_img

८ महिनामा १२८९ अर्बको सामान आयात, १०९८ अर्ब पुग्यो ब्यापार घाटा

spot_img

चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिनासम्ममा नेपालले १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात १२.५४ प्रतिशतले बढेको हो । गत आवको पहिलो ८ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो ।

आयातसंगै नेपालको निर्यात पनि बढेको छ । चालु आवको ८ महिनासम्ममा निर्यात २०.८३ प्रतिशतले बढेको हो । चालु आवको ८ महिनासम्ममा  १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँको भएको थियो ।

यो अवधिमा १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ। गत आवको सोहि अवधिको तुलनामा यो १३.५५ प्रतिशत बढी हो । गत आवको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार १३ खर्ब ३ अर्ब ७३ करोड रहेको थियो ।

समग्रमा २०८२ फागुन महिनासम्ममा  नेपालको ब्यापार घाटा १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ११.२२ प्रतिशत बढी हो । गत आवको पहिलो ८ महिनामा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र...

शेयरबजार सुधार योजना कार्यान्वयनका लागि समन्वय समिति गठन

नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका...

बीमा क्षेत्रमा NFRS 17 कार्यान्वयनबारे लेखामान बोर्ड र बीमा प्राधिकरणबीच छलफल 

नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल...

थपिँदै ‘मेची क्राउन’को प्रतिस्पर्धी, होटल इस्टर्नले खोस्ला बिजनेश ?

झापास्थित होटल ‘मेची क्राउन’ले अहिले त्यस क्षेत्रमा आफ्नो दबदबा...

समस्याग्रस्त सहकारीका थप ३४१ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका...

‘एक महिनाका लागि पुग्ने ग्यास छ भने लाइन नबसिदिनु’

एलपी ग्यास उद्योग संघले एक महिनाका लागि पुग्ने ग्यास...
spot_img