Tuesday, August 18, 2026
spot_img

फिच रेटिङले भन्यो ‘रास्वपा सरकार बनेपछि लगानी वातावरण थप अनुकूल बन्नसक्छ’

spot_img

फिच रेटिङ्सले नेपालको हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट बहुमतलाई सकारात्मक मूल्यांकन गरेको छ। फिचले बुधबार “Nepal’s RSP Majority Eases Near-Term Political Risk; Policy Agenda Key” शिर्षकको रिपोर्ट जारी गरेको हो ।

रास्वपाको स्पष्ट संसदीय बहुमतले निकट भविष्यमा राजनीतिक अनिश्चितता कम गर्ने फिचले उल्लेख गरेको छ। यसले लामो समयसम्म गठबन्धन हुने जोखिम घटाउने, बारम्बार सरकार परिवर्तन हुने सम्भावना कम गर्ने र राजनीतिक संक्रमण छोटो बनाउने अपेक्षा गरिएको छ।

फिचका अनुसार, यो बहुमतले नीति निर्माणमा बढी अनुमानयोग्य हुने छ, सुशासन र आर्थिक सुधारहरूलाई अगाडि बढाउन मद्दत गर्नेछ। यदि नयाँ सरकारले सुशासन र आर्थिक सुधारमा ठोस प्रगति देखायो भने लगानीकर्ताको मनोबलमा सुधार आउन सक्छ र नेपालको लगानी वातावरण थप अनुकूल बन्न सक्छ। यसले हाइड्रोपावर क्षेत्रमा आधारित लगानीलाई व्यापक आर्थिक वृद्धिमा बदल्न पनि सहयोग पुग्ने उल्लेख छ।

फिचले नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘BB-‘ नै कायम राखेको छ भने आउटलुक स्थिर (Stable) नै रहेको जनाएको छ। यो रेटिङ गत नोभेम्बर २०२५ मा पनि यस्तै थियो। रेटिङलाई कम ऋणभार, सहुलियतपूर्ण ऋण, बलियो बाह्य तरलता र मध्यमकालीन वृद्धि सम्भावना (हाइड्रोपावरबाट) ले समर्थन गरेको उल्लेख छ।

रास्वपाले पहिलो हुने निर्वाचित प्रणाली (FPTP) मा १६५ मध्ये १२५ सिट जितेको र समानुपातिकतर्फ करिब ५७ सिट प्राप्त गरी संसदमा लगभग दुई तिहाइ बहुमत हासिल गरेको छ। फिचले नयाँ सरकारको नीति तथा कार्यक्रम नै अबको वृद्धि र सुधारको लागि निर्णायक हुने बताएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img