Sunday, May 25, 2025
spot_img

तेस्रो कार्यकालको लागि सपथ लिंदै मोदीले बनाए ७२ सदस्यीय मन्त्रिमण्डल, को को बने मन्त्री ?

spot_img
spot_img

भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको शपथग्रहण गरेका छन्। उनले आज आइतवार साँझ तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रौपदी मुर्मू समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

यसअघि मोदी सन् २०१४ मा पहिलो पटक र सन् २०१९ मा दोस्रो भारतका प्रधानमन्त्री निर्वाचित भएका थिए। जवाहरलाल नेहरुपछि तेस्रो कार्यकालको सपथ लिने मोदी पहिलो भारतीय नेता हुन् ।

राजधानी दिल्लीस्थित राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित शपथग्रहण समारोहमा नेपाल, बाङ्गलादेश, श्रीलङ्का, भुटान, सेशेल्स, मरिशस र माल्दिभ्सका सरकार तथा राष्ट्रप्रमुखहरू सहभागी भए। मोदीको हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी भाजपाले आमनिर्वाचनमा एक्लै सरकार बनाउन आवश्यक पर्ने बहुमत नल्याएपछि उनले गठबन्धन सरकारको नेतृत्व सम्हालेका हुन्।

मोदीपछि क्याबिनेट मन्त्रीको रुपमा राजनाथ सिंह र अमित शाहले सपथ लिएका छन् । एनडिटिभीका अनुसार मोदीले ७२ सदस्यी मन्त्रिमण्डल गठन गरेका छन् । जस मध्ये ३० जना क्याबिनेट मिनिस्टर, ५ जना इन्डिपेन्डेन्ट चार्ज र ३६ जना राज्य मन्त्री रहेका छन् । सबैको मन्त्रालय भने पछि तोकिने बताईएको छ ।

मोदीको अघिल्लो कार्यकालका गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, अर्थमन्त्री निर्मला सीतारमण, विदेश मन्त्री एस जयशङ्कर लगायतका अनुहारहरू भने सङ्घीय मन्त्रीका रूपमा दोहोरिँदै शपथ लिएका छन्।

यस पटक भाजपाले एकल बहुमत ल्याउन असफल भएको थियो। १८औं लोकसभा निर्वाचनमा मोदी नेतृत्वमा रहेको न्याश्नल डेमोक्र्याटिक अलायन्स एनडीए गठबन्धनले २९३ सिट जितेको छ। सन् २०१९ मा ३०३ सीट जितेको भाजपा यसपटक २४० सीटमा खुम्चिएको छ। बहुमत ल्याउन २७२ सिट ल्याउनु पर्नेमा भाजपाको एकल बहुमत नआएको हो । यद्यपि भाजपा नेत्रित्वोको एनडीए गठबन्धनले बहुमत ल्याएपछि गठबन्धनको नेताको रुपमा मोदीले प्रधानमन्त्रीको सपथ लिएका हुन् ।

यस्तो छ मोदीको मन्त्रिमण्डल

क्याबिनेट मन्त्री

Rajnath Singh , Amit Shah, Nitin Gadkari,JP Nadda, Shivraj Singh Chouhan, Nirmala Sitharaman, Dr S Jaishankar, Manohar Lal Khattar, HD Kumaraswamy, Piyush Goyal, Dharmendra Pradhan, Jitan Ram Manjhi, Rajiv Ranjan (Lalan) Singh, Sarbananda Sonowal, Kinjarapu Ram Mohan Naidu, Dr. Virendra Kumar, Jual Oram, Pralhad Joshi, Ashwini Vaishnaw,  Giriraj Singh, Jyotiraditya Scindia, Bhupendra Yadav, Gajendra Singh Shekhawat, Annapurna Devi, Kiren Rijiju, Mansukh Mandaviya, Hardeep Singh Puri, GK Reddy, Chirag Paswan, CR Patil .

इन्डिपेन्डेन्ट चार्जका रुपमा रहने मन्त्री

Rao Inderjit Singh, Jitendra Singh, Arjun Ram Meghwal, Prataprao Jadhav, Jayant Chaudhary.

राज्य मन्त्रीहरु

Jitin Prasada, Shripad Naik, Pankaj Chaudhary, Krishan Pal Gurjar, Ramdas Athawale, Nityanand Rai, Anupriya Patel, V Somanna,

मन्त्री भएकाहरु कुन राज्यक कुन पार्टीका ?

Gujarat
Amit Shah (BJP)
S Jaishankar (BJP)
Mansukh Mandaviya (BJP)
CR Patil (BJP)
Nimuben Bambhania (BJP)

Odisha
Ashwini Vaishnaw (BJP)
Dharmendra Pradhan (BJP)
Jual Oram (BJP)

Karnataka

Nirmala Sitharaman (BJP)
HD Kumaraswamy (JDS)
Pralhad Joshi (BJP)
Shobha Karandlaje (BJP)
V Somanna (BJP)

Maharashtra

Piyush Goyal (BJP)
Nitin Gadkari (BJP)
Pratap Rao Jadhav (Shiv Sena)
Raksha Khadse (BJP)
Ram Das Athawale (Republican Party of India)

Goa
Shripad Naik (BJP)J&K
Jitendra Singh (BJP)

Himachal Pradesh

JP Nadda (BJP)

Madhya Pradesh

Shivraj Singh Chouhan (BJP)
Jyotiraditya Scindia (BJP)
Savitri Thakur (BJP)
Virendra Kumar (BJP)

Uttar Pradesh

Hardeep Singh Puri (BJP)
Rajnath Singh (BJP)
Jayant Choudhary (RLD)
Jitin Prasada (BJP)
Pankaj Chaudhary (BJP)
BL Verma (BJP)
Anupriya Patel (Apna Dal-Soneylal)
Kamlesh Paswan (BJP)
SP Singh Baghel (BJP)

Bihar

Chirag Paswan (Lok Janshakti Party-Ram Vilas)
Giriraj Singh (BJP)
Jitan Ram Manjhi (Hindustani Awam Morcha)
Ram Nath Thakur (JDU)
Lalan Singh (JDU)
Nityanand Rai (BJP)
Raj Bhushan Choudhary (Vikassheel Insaan Party )
Satish Dubey (BJP)

Arunachal Pradesh

Kiren Rijiju (BJP)

Rajasthan

Gajendra Singh Shekhawat (BJP)
Arjun Ram Meghwal (BJP)
Bhupender Yadav (BJP)
Bhagirath Chaudhary (BJP)
Haryana ML Khattar (BJP)
Rao Inderjit Singh (BJP)
Kerala Suresh Gopi (BJP)

Telangana
G Kishan Reddy (BJP)
Bandi Sanjay (BJP)

Tamil Nadu

L Murugan (BJP)

Jharkhand

Chandrashekhar Choudhary (AJSU)
Annapurna Devi (BJP)

Andhra Pradesh

Dr. Chandra Sekhar Pemmasani (TDP)
Ram Mohan Naidu Kinjarapu (TDP)
Srinivasa Varma (BJP)

West Bengal
Shantanu Thakur (BJP)
Sukanta Majumdar (BJP)

Punjab

Ravneet Singh Bittu (BJP)

Assam

Sarbananda Sonowal (BJP)
Pabitra Margherita (BJP)

Uttarakhand

Ajay Tamta (BJP)

Delhi

Harsh Malhotra (BJP)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img