Wednesday, August 26, 2026
spot_img
spot_img

ऋण थपिँदै गएकोमा सचेत हुनुपर्ने बेला भयोः डा. स्वर्णिम वाग्ले

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले ऋण भार थपिँदै गएकोमा सचेत हुनुपर्ने बताएका छन् । उनले ऋणको भार अहिले नै चिन्ताजनक ठाउँमा नपुगे पनि सचेत हुनुपर्ने अवस्थामा भने पुगेको बताएका हुन् ।

यद्यपी ठूला परियोजना बनेर विकास भएको भए चिन्ता गर्नुनपर्ने तर, त्यतातर्फ विकास गर्न नसक्दा बाह्य ऋण हेरेर सचेत हुनुपर्ने बेला भएको सांसद वाग्लेको भनाइ छ ।

वाग्लेले भने, ‘अर्थमन्त्रीले बजेटमा १४१९ अर्ब राजस्व उठाउँछु । त्यसको झन्डै १६० अर्ब तलब दिन्छु । ५२ अर्ब वैदेशिक अनुदान लिन्छु । यसरी सङ्घीय आम्दानी करिब १३ सय १३ अर्ब जति हुन्छ भन्नुभएको छ । १४ सय ९३ अर्ब खर्च गर्छु भन्नुभएको छ । जसमा ७३२ चालू र ३५२ पुँजीगत र ४०९ वित्तीय हस्तान्तरण गर्छु भन्नुभएको छ ।

यसरी वित्तीय व्यवस्थापन गर्नुपर्ने घाटा १८० अर्बको हिसाब अर्थमन्त्रीले ल्याएर आउनुभएको छ । त्यसको ३३० अर्ब आन्तरिकबाट उठाउँछु । तर, पहिला पहिलाको ऋण २४६ अर्ब जति तिर्छु र ८४ अर्ब ऋण थप्छु भन्नुभएको छ आन्तरिकबाट । बाह्य ऋणमा २१६ अर्ब उठाउँछु, ५४ अर्ब पुरानो ऋण तिर्छु भन्नुभएको छ । र १६४ अर्ब विदेशी ऋण थप्छु भन्नुभएको छ ।

यसरी थप्ने भकारीमा अहिले नै करिब २४ सय अर्ब ऋण रहेको छ । यो स्टक भयो । र अहिलेको प्रभाव उहाँले करिब १८० अर्ब जति थप्छु भन्नुभएको छ । यो ठिकै हो, यदि थपिएको ऋण र पहिला लिएको ऋणले पनि आर्थिक वृद्धि गर्ने हो भने । तर, अहिले हामी त्यो हैसियतमा पुगेका छैनौँ । किनभने, विगत १० वर्षमा मात्रै हामी अर्थतन्त्रको आकारको अनुपात २३ प्रतिशत एकै पटक ४३ प्रतिशतमा पुगेका छौँ ।

२० प्रतिशतको फड्को यो १० वर्षमा ठुलो हो । ठुला ठुला परियोजना बनेर विकास भएको भए चिन्ता गर्नुपर्ने विषय थिएन । त्यतातिर भएन । कहाँ खर्च गरेछौँ यो २० प्रतिशत बिन्दु अल्लि कति भूकम्पमा खर्च गरेका छौँ भने , कोभिडमा अलिकति खर्च गरेका छौँ, सङ्घीयतामा अल्लि अल्लि खर्च भएको छ र ठुला पूर्वाधारका नाममा लिएका केही थप ऋणहरूले यो भार थपिएको छ ।

त्यसैले सोचेको जस्तो ऋणको भार लिएर घिउ नै खायौ त म भन्दिन । ठ्याक्कै चिन्ताजनक ठाउँमा नपुगे पनि सचेत हुनुपर्ने अवस्थामा पुगेका छौँ । अब नयाँ स्रोत र नयाँ सर्तको खोजी गर्नुपर्‍यो । मूल मन्त्र आन्तरिक अनुशासनमा बसेर प्राइभेट क्यापिटलतिर जानुपर्छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...

सुनको भाउमा झिनो गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...