Friday, November 14, 2025
spot_img

ऋण थपिँदै गएकोमा सचेत हुनुपर्ने बेला भयोः डा. स्वर्णिम वाग्ले

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले ऋण भार थपिँदै गएकोमा सचेत हुनुपर्ने बताएका छन् । उनले ऋणको भार अहिले नै चिन्ताजनक ठाउँमा नपुगे पनि सचेत हुनुपर्ने अवस्थामा भने पुगेको बताएका हुन् ।

यद्यपी ठूला परियोजना बनेर विकास भएको भए चिन्ता गर्नुनपर्ने तर, त्यतातर्फ विकास गर्न नसक्दा बाह्य ऋण हेरेर सचेत हुनुपर्ने बेला भएको सांसद वाग्लेको भनाइ छ ।

वाग्लेले भने, ‘अर्थमन्त्रीले बजेटमा १४१९ अर्ब राजस्व उठाउँछु । त्यसको झन्डै १६० अर्ब तलब दिन्छु । ५२ अर्ब वैदेशिक अनुदान लिन्छु । यसरी सङ्घीय आम्दानी करिब १३ सय १३ अर्ब जति हुन्छ भन्नुभएको छ । १४ सय ९३ अर्ब खर्च गर्छु भन्नुभएको छ । जसमा ७३२ चालू र ३५२ पुँजीगत र ४०९ वित्तीय हस्तान्तरण गर्छु भन्नुभएको छ ।

यसरी वित्तीय व्यवस्थापन गर्नुपर्ने घाटा १८० अर्बको हिसाब अर्थमन्त्रीले ल्याएर आउनुभएको छ । त्यसको ३३० अर्ब आन्तरिकबाट उठाउँछु । तर, पहिला पहिलाको ऋण २४६ अर्ब जति तिर्छु र ८४ अर्ब ऋण थप्छु भन्नुभएको छ आन्तरिकबाट । बाह्य ऋणमा २१६ अर्ब उठाउँछु, ५४ अर्ब पुरानो ऋण तिर्छु भन्नुभएको छ । र १६४ अर्ब विदेशी ऋण थप्छु भन्नुभएको छ ।

यसरी थप्ने भकारीमा अहिले नै करिब २४ सय अर्ब ऋण रहेको छ । यो स्टक भयो । र अहिलेको प्रभाव उहाँले करिब १८० अर्ब जति थप्छु भन्नुभएको छ । यो ठिकै हो, यदि थपिएको ऋण र पहिला लिएको ऋणले पनि आर्थिक वृद्धि गर्ने हो भने । तर, अहिले हामी त्यो हैसियतमा पुगेका छैनौँ । किनभने, विगत १० वर्षमा मात्रै हामी अर्थतन्त्रको आकारको अनुपात २३ प्रतिशत एकै पटक ४३ प्रतिशतमा पुगेका छौँ ।

२० प्रतिशतको फड्को यो १० वर्षमा ठुलो हो । ठुला ठुला परियोजना बनेर विकास भएको भए चिन्ता गर्नुपर्ने विषय थिएन । त्यतातिर भएन । कहाँ खर्च गरेछौँ यो २० प्रतिशत बिन्दु अल्लि कति भूकम्पमा खर्च गरेका छौँ भने , कोभिडमा अलिकति खर्च गरेका छौँ, सङ्घीयतामा अल्लि अल्लि खर्च भएको छ र ठुला पूर्वाधारका नाममा लिएका केही थप ऋणहरूले यो भार थपिएको छ ।

त्यसैले सोचेको जस्तो ऋणको भार लिएर घिउ नै खायौ त म भन्दिन । ठ्याक्कै चिन्ताजनक ठाउँमा नपुगे पनि सचेत हुनुपर्ने अवस्थामा पुगेका छौँ । अब नयाँ स्रोत र नयाँ सर्तको खोजी गर्नुपर्‍यो । मूल मन्त्र आन्तरिक अनुशासनमा बसेर प्राइभेट क्यापिटलतिर जानुपर्छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img