मेलम्चीको पानी काठमाडौँमा ल्याउन बन्द गरिएको छ । अत्याधिक वर्षा भएपछि मुहानबाट काठमाडौँतर्फ पानी पठाउने काम बन्द गरिएको हो ।
वर्षासँगै बाढीले पुर्याउन सक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
गत आइतबार रातिदेखि स्न्धिुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा अविरल वर्षा भएपछि मेलम्ची नदीमा बाढी आएको थियो । त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ ।