Thursday, July 2, 2026
spot_img

ऊर्जा मन्त्रालयमा श्रेष्ठको दुई साता: नीतिगत सुधारमा जोड, ४ हजारभन्दा बढी गुनासो सम्बोधन

spot_img
spot_img

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड दिएका छन्।  पदभार सम्हालेको पहिलो दुई साता (चैत्र १३ देखि ३०) को अवधिमा मन्त्रालयले विभिन्न संरचनात्मक र नीतिगत पहल अघि बढाएको छ ।

मन्त्रालयले कामको प्रभावकारिता बढाउन ‘डेलिभरी मा आधारित शासन प्रणाली’ लागू गर्ने दिशामा कदम चालेको छ । यसका लागि सहसचिव रुद्र सिंह तामाङको संयोजकत्वमा सुशासन एकाइ गठन गरिएको छ । उक्त एकाइले मन्त्रालय र मातहतका निकायहरूको कार्यसम्पादन, समय सीमा पालना र स्रोत साधनको उपयोगको नियमित अनुगमन गर्नेछ ।

त्यस्तै विद्युत् सेवा सम्बन्धी हटलाइन नम्बर ११५१ लाई सक्रिय बनाउँदै मन्त्रालयले दुई सातामै ४ हजारभन्दा बढी गुनासो सम्बोधन गरेको छ । फोन, ह्वाट्सएप, इमेल र ‘हेलो सरकार’ मार्फत आएका सबै गुनासो फर्छ्योट गरिएको छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी कार्यसूची कार्यान्वयनका निम्ति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विभिन्न समिति गठन गर्नुभएको छ । ऊर्जा खपत तथा निर्यात रणनीति तयार गर्न, रुग्ण आयोजना पुनरावलोकन गर्न, पीपीए प्रक्रियाका अवरोध हटाउन र अनुमतिपत्र प्रणाली सुधार गर्न अलग–अलग अध्ययन समिति सक्रिय छन् । तीमध्ये केही समितिले प्रारम्भिक प्रतिवेदन समेत तयार गरिसकेका छन् ।

मन्त्रालयले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रसँग सम्बन्धित नयाँ विधेयकहरूलाई पनि प्राथमिकतामा राख्दै कार्य अगाडि बढाएको छ । जसमध्ये नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको छ भने विद्युत् नीति अन्तिम रूप दिन सरोकारवालासँग छलफल जारी राखेको छ ।

यसैगरी जेन–जी आन्दोलनका शहीद परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले थप प्रभावित परिवारलाई समेट्ने निर्णय गर्दै आठ जनालाई रोजगारी सुनिश्चित गर्ने काम अगाडि बढाएको छ । यसअघि २७ जनाको प्रक्रिया अगाडि बढिसकेको छ ।

ऊर्जा तथा सिँचाइ क्षेत्रमा लगानी भित्र्याउन विश्व बैंक लगायत दातृ निकायसँग संवाद बढाइएको छ । साथै, जलवायु परिवर्तनसँग सम्बन्धित ‘हानि नोक्सानी कोष’ मा करिब ३ अर्ब रुपैयाँबराबरको परियोजना प्रस्ताव पेश गर्ने निर्णय भएको छ ।

मन्त्री श्रेष्ठको अगुवाईमा अधुरा र ढिलाइ भएका आयोजनालाई प्राथमिकता दिँदै निर्धारित मितिभित्रै सम्पन्न गर्ने कार्यलाई तीव्रता दिएको छ । यसमध्ये सुनकोशी–मरिन डाइभर्सन आयोजना, हेटौंडा–ढल्केबर प्रसारण लाइन, बूढीगण्डकी जलाशय आयोजना लगायतका परियोजनामा काम अगाडि बढाइएको छ ।

मन्त्रालयले काठमाडौं उपत्यकामा विद्युतीय संरचना भूमिगत गर्ने योजना पनि अघि बढाइएको छ । साथै मनसुनको सम्भावित जोखिमलाई ध्यानमा राख्दै डुबान तथा नदी कटान प्रभावित क्षेत्रहरूमा पूर्वतयारी कार्य तीव्र पारेको छ । साथै, त्रिभुवन विमानस्थलमा उड्डयन मौसम सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने प्रक्रियासमेत अघि बढाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...

जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी...
spot_img