एलएस अटोको नेपालस्थित आयातकर्ता ब्लु कर्पोरेशन प्रा.लि. ले नयाँ ईभी नेपाल भित्र्याएको छ । कम्पनीले ज्ञानेश्वरमा नयाँ शोरुम उद्घाटनसँगै नयाँ ईभी पनि सार्वजनिक गरेको हो ।
विगत १ वर्षदेखि एल इ भी ०१ मोडेल बिक्रि गर्दै आइरहेको कम्पनीले एल इ भी एक्स लन्च गरेको हो । प्योर इलेक्ट्रिक प्लेटफर्म बनेको यो इभीमा ब्याट्रीप्याक पोजिसन साइड बडिभन्दा अझै माथि रहेको छ । यसको ब्याट्री प्याक र ग्राउण्डबीचको दूरी २२१ एमएम रहेको छ ।
एलएस अटो एलईभी ०१ र एलईभी एक्समा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ । यसको ब्याट्री प्याक अन्य इभीहरूमा जस्तो बाहिरबाट झुन्डिएको देखिदैन। ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लेड ब्याट्री भन्दा ८ प्रतिशतले बढी दक्ष रहेको ग्लोबल समीक्षाले जनाएको छ ।
चीनको प्रमुख डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ। यसको ड्रयाग कोएफिसियेन्ट इलेक्ट्रिक एसयूभीहरूमा सबैभन्दा कम ०.२६८ मात्र रहेको छ । यो इभीले एलईभी ०१ एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिन्छ भने एलईभी एक्स अल ह्वील ड्राइभ ५५० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
क्रसओभर एसयूभी डिजाइनको यो इभी यस अघिनै नेपाली बजारमा बिक्री भईरहेको एलईभी ०१ को फोर ह्वील ड्राइभ भर्सन हो । एलईभी एक्समा मोटर पावरको साथै केही फिचर थप भएर आएको छ । एलईभी एक्समा फ्रन्ट र रियर गरी १९८ किलोवाटको मोटर रहने छ । यसमा ७७ किलोवाट आवरको ठूलो साइजको ब्याट्रीप्याक रहनेछ । एलईभी एक्समा एक सिंगल चार्जमा ५५० किलो मिटर सम्म को रेनज पाउन सक्छौ एलईभी एक्सको ड्यासबोर्डमा नयाँ डिजाइनको एसी भेन्ट आएको छ ।
साथै यसको फ्रन्टमा हाइड्रोलिक बोनेट छ । यसको मूल्य ८४ लाख ९५ हजार तोकिएको कम्पनीले जनाएको छ ।
प्रिमियम डिजाइन रहेको एलईभी ०१ र एलईभी एक्समा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ । लेदरेट स्टेरिङ ह्वील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्ट्रमेन्टल क्लस्टर,प्यानोरामिक मुनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधाहरू रहेकोछ ।
सुरक्षाका लागि यो इभीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधाहरू रहेको छ ।
युरो एनक्यापबाट क्र्यास टेस्टमा ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस गाडीको खरिदमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ । देशव्यापी रूपमा चार्जिङ स्टेशन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले ज्ञानेश्वरमा पनि नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौँको कालोपुलमा सर्भिस सेन्टर समेत स्थापना गरिसकेको छ ।
ब्लु कर्पोरेशनले नयाँ वर्ष २०८३ को अवसरमा एक्सचेन्ज क्याम्प र अरु अफरहरु पनि ल्याएको छ । यसका लागि ग्राहकहरुले शोरुममा पुगेर टेष्ट ड्राइभ गर्दा आकर्षक गिफ्ट ह्याम्पर पाउने छन् । साथै बुकिङ पश्चात डेलिभरी लिने ग्राहकले चीनको भ्रमणसमेत गर्न पाउने कम्पनीका महाप्रबन्धक नबिन फुयाँलले बताएका छन् ।









