हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद निष्काशनको बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि चैत्र १० गते बुक क्लोज गर्ने निर्णय गरेको हो । चैत्र ९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले १:०.५ को अनुपातमा ५० प्रतिशतले हुन आउने ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको ५३ लाख २७ हजार ८५ कित्ता शेयर निष्काशन गर्ने लागेको हो। शेयर निष्काशनको लागि ग्लोवल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।













