बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज माघ २९ गते अन्तिम दिन रहेको छ। कम्पनीले कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ २९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। कम्पनीले गत फागुन १२ गते बोर्डमा आवेदन दिएको थियो।













