Thursday, June 18, 2026
spot_img

३ वटा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा दिए आवेदन

spot_img
spot_img

विभिन्न ३ वटा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। दोल्ती पावर लिमिटेड, ओरियन्टल होटेल्स लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।

यी कम्पनीले क्रमश मङ्सिर २५, मङ्सिर २९ र पुस ९ गते आवेदन दिएका हुन्।

दोल्ती पावर लिमिटेडले हाल कायम चुक्ता पुँजीको १:०.९६१८ को अनुपातमा ९६.१८ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।  कम्पनीले ५१ करोड ५९ लाख ८६ हजार रुपैयाँको ५१ लाख ५९ हजार ८ सय ६० कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो। हकप्रद निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

ओरियन्टल होटेल्सले हाल कायम चुक्ता पुँजीको १०:२.६६३  को अनुपातमा २६.६३ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।  कम्पनीले ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँको ३१ लाख ५५ हजार ५० दशमलव ४० कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो। हकप्रद निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

भूगोल इनर्जीले हाल कायम चुक्ता पुँजीको १:०.८८६६ को अनुपातमा ८८.६६ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।  कम्पनीले ४८ करोड २३ लाख ८४ हजार रुपैयाँको ४८ लाख २३ हजार ८ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो। हकप्रद निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

धितोपत्र बोर्डले अनुमति पाएपछि यी कम्पनीले हकप्रद निष्काशन गर्ने छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...
spot_img