एनआईसी एशिया बैंकले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । बैंकको पुस २० गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशनको प्रस्ताव गरेको हो।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजी ५० प्रतिशत हकप्रद निष्काशनको लागि पूर्व सहमति दिनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकले सहमति दिएमा बैंकलाई हकप्रद निष्काशनको लागि बाटो खुल्ने छ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ। बैंकले ७ अर्ब ४५ करोड ८७ लाखको हकप्रद निष्काशनको प्रस्ताव गरेको हो।













