शिवश्री हाइड्रोपावर लिमिटेडले आज भदौ १९ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको एक सय प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।
यस हकप्रदमा असोज ८ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले हकप्रद निष्काशनको लागि साउन १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन १५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन ४ गते हकप्रद निष्काशनको अनुमति दिएको थियो।













