Sunday, June 14, 2026
spot_img

पिपुल्स पावरको हकप्रद बाँडफाँड, ३ लाख ९१ हजार कित्ता लिलाममा आउने

spot_img
spot_img

पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफांड भएको छ ।  भदौ ५ गते शेयर बाँडफांड गरिएको हो।

कम्पनीले असार २२ गतेदेखि साउन २६ गतेसम्म १:०.५० को अनुपातमा हाल कायम चुक्ता पुंजीको ५० प्रतिशतले हुन आउने ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यस हकप्रदमा रितपुर्वक आवेदन दिने लगानीकर्तालाई २७ लाख ७१ हजार २ सय २१ कित्ता शेयर बाँडफांड गरिएको छ।

अब बिक्री नभएको ३ लाख ९१ हजार ७ सय ७९ कित्ता शेयर लिलाममा आउने छ। कम्पनीले हक भन्दा बढीको माग गरि आवेदन दिनेको हकमा भदौ ८ गतेदेखि पैसा फिर्ता गर्ने जनाएको छ।

कम्पनीले हकप्रद निष्काशनको लागि असार २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने व्यवस्था थियो। नेपाल धितोपत्र बोर्डले जेठ २ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...

युवाहरू विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेकोे छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा...

उच्चतम् प्रविधि र आधुनिक डिजाइनसहित नेपाल आयो ओमोडा ई–५ प्रो, यस्ता छन् विशेषता

ओमोडाको प्रिमीयम इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ नेपाली बजारमा...

गोल्यान ग्रुपको रक्तदान कार्यक्रममा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंनीय

प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले व्यवसायलाई समाज विकासमा जोड्नु सकारात्मक...
spot_img