सिटी होटेल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार निष्काशन गर्न लागेको हो।
यस हकप्रदमा असोज १२ गतेसम्म आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले हकप्रद निष्काशनको लागि साउन २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले साउन ४ गते सिटी होटेल लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।













