नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रदमा अवेदान दिने म्याद थप भएको छ । म्याद थप भएसंगै कम्पनीको हकप्रदमा भदौ २ गतेसम्म आवेदन दिन सकिने छ।
कम्पनीले साउन ६ गते देखि १०:३.४७८३ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ३४.७८३ प्रतिशत हकप्रद निष्काशन गरेको हो। कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७ सय ७६ रुपियाँ बराबरको ६५ लाख ७६ हजार ९ सय ६७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।
कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि जेठ ३० गते बुक क्लोज गर्ने निर्णयले जेठ २९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले जेठ ७ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।
शेयर निष्काशनको लागि एनआईएम एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













