रिभर फल्स पावर लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज साउन २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले सो दिन भन्दा एक दिन अगाडीसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन्।
साउन २६ गते भन्दा अगाडीको अन्तिम शेयर कारोबार आज रहेको छ । साउन २३ गते शुक्रबार रहेको छ भने साउन २४ गते शनिवार रहेको छ। त्यस्तै साउन २५ गते गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक विदा रहेको छ। त्यस कारण आज २२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद पाउन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। अब कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशत हकप्रद निष्काशनको गर्ने छ। जस अनुसार कम्पनीले ७० करोड रुपैयाँको ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













