तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफांड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले साउन १८ गते शेयर बाँडफांड गरेको हो।
कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। यस हकप्रदमा रितपुर्वक आवेदन दिने लगानीकर्तालाई ३५ लाख ८१ हजार २ सय ६२ कित्ता शेयर बाँडफांड गरिएको छ।
अब बिक्री नभएको ४ लाख १८ हजार ७ सय ३८ कित्ता शेयर लिलाममा आउने छ। कम्पनीले हक भन्दा बढीको माग गरि आवेदन दिनेको हकमा साउन २१ गतेदेखि पैसा फिर्ता गर्ने जनाएको छ।
कम्पनीले हकप्रद निष्काशनको लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्ने व्यवस्था थियो। नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।













