खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशतले हुन आउने ४६ करोड ५७ लाख १४ हजार३ सय रुपैयाँको ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यस हकप्रदमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद निष्काशनको लागि असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले असार १० गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













