सिटी होटेल लिमिटेडले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि साउन २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले साउन ४ गते सिटी होटेल लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। सिटी होटेलले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो।
अब सिटी होटेलले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













