आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४६ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ५ सय ७५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय ५५ रुपैयाँ तोकिएको छ ।









