Wednesday, August 5, 2026
spot_img

७ महिनामा राष्ट्रिय स्तरका विकास बैंकको नाफा: शांग्रिलाको सर्वाधिक बढ्दा महालक्ष्मीको घट्यो

spot_img

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनाको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकहरुले ३ अर्ब ८८ करोड बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुले २०८२ साउन देखि २०८२  माघसम्मको अवधिमा कुल ३ अर्ब ८८ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यी विकास बैंकहरुको खुद नाफा १७.५२ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यी विकास बैंकहरुको खुद नाफा ३ अर्ब ३० करोड थियो।

चालु आर्थिक वर्षको पहिलो ७ महिनामा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै ८२ करोड १५ लाख खुद नाफा कमाएको छ। त्यस्तै गरिमा विकास बैंकले ७७ करोड ९४ लाख , तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५१ करोड ८२ लाख खुद नाफा कमाएको छ।

यस अवधिमा लुम्बिनी विकास बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् २६ करोड ४८ लाख रहेको छ। त्यस्तै महालक्ष्मी विकास बैंकले २८ करोड ३४ लाख खुद नाफा कमाउँदा शांग्रिला डेभलपमेन्ट बैंकले ३५ करोड ७६ लाख खुद नाफा कमाएका छन् ।

आर्थिक वर्ष २०८१  माघ र २०८२  माघको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा शांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा सर्वाधिक ३६.४२ प्रतिशतले बढेको छ। त्यस्तै मुक्तिनाथ विकास बैंकको खुद नाफा ३०.५० प्रतिशतले बढेको छ भने ज्योति विकास बैंकको खुद नाफा २६.३९ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा महालक्ष्मी विकास बैंकको खुद नाफा भने १५.४७ प्रतिशतले घटेको छ । महालक्ष्मी बाहेक अन्य सबै राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफा भने बढेको छ।

हेर्नुस् चालु आर्थिक वर्ष २०८१/८२ र  २०८२/८३ को पहिलो ७ महिनामा राष्ट्रिय स्तरका विकास बैंकको खुदनाफाको तुलनात्मक विवरण । रकम रु. १० लाखमा देखाईएको छ।  

 

यस अघि : ७ महिनामा वाणिज्य बैंकले कमाए ३८ अर्ब बढी नाफा, कुमारी र सिद्धार्थको सर्वाधिक बढ्यो (सूची)

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...

तथ्याङ्क नियमावली संशोधन, विद्यार्थीलाई शुल्कमा छुट

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त...

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया सुरु

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी...

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...
spot_img