Thursday, August 6, 2026
spot_img

७ महिनामा वाणिज्य बैंकले कमाए ३८ अर्ब बढी नाफा, कुमारी र सिद्धार्थको सर्वाधिक बढ्यो (सूची)

spot_img

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ३८ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८२ साउन देखि २०८२  माघसम्मको अवधिमा कुल ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको खुद नाफा ५.४० प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकहरुको खुद नाफा ३६ अर्ब ६ करोड थियो।

चालु आर्थिक वर्षको पहिलो ७ महिनामा  नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ३८ करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले ४ अर्ब १४ करोड, तथा  कुमारी बैंकले ३ अर्ब १७ करोड खुद नाफा कमाएको छ।

यस अवधिमा लक्ष्मी सनराइज बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् २४ करोड २७ लाख रहेको छ। त्यस्तै एनआईसी एशिया बैंकले ४४ करोड ३० लाख खुद नाफा कमाउँदा सिटिजन्स बैंकले ५७ करोड ६९ लाख खुद नाफा कमाएका छन् ।

आर्थिक वर्ष २०८१  माघ र २०८२  माघको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा कुमारी बैंकको खुद नाफा सर्वाधिक ३२९.८६ प्रतिशतले बढेको छ। त्यस्तै सिद्धार्थ बैंकको खुद नाफा ९९.५७  प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ५२.४६ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०८१ माघ र २०८२ माघको अपरिस्कृत खुद नाफा तुलना गर्दा प्रतिशतको आधारमा १० वटा बैंकको खुद नाफा घटेको छ। जस मध्ये लक्ष्मी सनराइज बैंकको खुद नाफा ८४.७३ प्रतिशत घटेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ३६.१८ प्रतिशत घटेको छ। त्यस्तै सिटिजन्स बैंकको खुद नाफा ३६.०९ प्रतिशत घटेको छ भने प्रभु बैंकको खुद नाफा २५.६६  प्रतिशत घटेको छ।

हेर्नुस् चालु आर्थिक वर्ष २०८१/८२ र  २०८२/८३ को पहिलो ७ महिनामा वाणिज्य बैंकको खुदनाफाको तुलनात्मक विवरण । रकम रु. १० लाखमा देखाईएको छ।  

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...

तथ्याङ्क नियमावली संशोधन, विद्यार्थीलाई शुल्कमा छुट

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त...

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया सुरु

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी...

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...
spot_img