विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीले ५ करोड २ लाख १५ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ करोड ४९ लाख थियो। कम्पनीको नाफा १०१.४८ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८ करोड ७८ हजारबाट बढेर ९ करोड ६२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको ब्याज खर्च २ करोड ५७ लाखबाट घटेर १ करोड २० लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको तथा ब्याज खर्च घटेकोले कम्पनीको खुद नाफा बढेको देखिन्छ ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी ११.०५ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १०७.३४ रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी ९० करोड ९१ लाख रहेको छ भने रिजर्भमा ६ करोड ६७ लाख रहेको छ। कम्पनीको मध्यकालिन र दिर्घकालिन ऋण भने २६ करोड ७६ लाख रहेको छ।
यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ।












