Saturday, August 8, 2026
spot_img

नबिल बैंकले ६ महिनामै कमायो पौने ५ अर्ब खुदनाफा, ईपीएस ३५.०४ रुपैयाँ

spot_img

नबिल बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको यस अवधिको तुलनामा बैंकको खुद नाफा ४६.७१ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ७५ करोड खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब २४ करोड  खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोडबाट बढेर ८ अर्ब ८ करोड पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी १ अर्ब ५१ करोडबाट बढेर १ अर्ब ६१ करोड पुगेको छ ।  यस अवधिमा बैंकले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयर चार्ज रिभर्स हुँदा बैंकको संचालन मुनाफा २६.९५ प्रतिशतले बढेर ६ अर्ब ५७ करोड पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको  प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ। बैंकको प्रति शेयर आम्दानी ३५.०४ रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७३.०२ प्रतिशतले बढेर ३ अर्ब २७ करोड पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य  प्रतिशेयर आम्दानी २२.५० रुपैयाँ पुगेको छ।

३२  अर्ब ५ करोड  चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ । बैंकले दोस्रो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब ६६ अर्ब  निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img